Breaking News.... EverestOnlineKhabar
June 10, 2026

बन्धक बनाइएका १२ जना नेपालीलाई घर फर्काउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ

Loading

काठमाडौँ : इटाली लाने भन्दै लिबिया पुर्‍याएर बन्धक बनाइएका १२ जना नेपालीलाई घर फर्काउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ। नेपाली र पाकिस्तानी दलालले इटाली लगिदिने प्रलोभनमा हिँडाइएका तीन १२ नेपाली लिबियामा बन्धक भएपछि सुरक्षित घर फर्काउन कांग्रेसले सरकारसँग माग गरेको हो ।

लिबियामा बन्धक युवाबारे अनुसन्धान थालेको महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरुमध्ये ११ जनाको पहिचान भइसकेको जनाएको छ ।

‘लिबियामा १२ नेपाली युवालाई बन्धक बनाएको घटनाप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकृष्ट भएको छ’, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार भनेका छन्, ‘उनीहरुलाई उद्दार गरी सकुशल देश फर्काउन तत्कालै गम्भीर पहल गरियोस् ।’

कांग्रेसले नेपाली युवाहरुलाई त्यस्तो स्थितिमा पुर्‍याउने दोषीहरुलाई कारवाही प्रकृया सुरु गर्नसमेत सरकारसँग माग गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले दिएको जानकारी अनुसार लिबियामा पोखरा महानगरपालिका-९ का ओम गुरुङ, पोखरा-१९ का रञ्जीत केसी, धाइरिङ-९ पर्वतका सुरेश केसी, चिमखोला-३ म्याग्दीका धीरज थापा, म्याग्दीकै अमन लजासहित १२ जना छन् ।

प्रहरीका अनुसार महेश डाँगी, सुनिलकुमार गिरी, बालकृष्ण बाठा, रुकुमका मनराज, पुनदत्तबहादुर बाठा र हरिमान बुढालाई पनि बन्धक बनाइएको छ।  यी नेपाली युवाहरुलाई गत भदौमा काठमाडौँबाट दुबई हुँदै मध्यपूर्व पुर्‍याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed