Breaking News.... EverestOnlineKhabar
June 9, 2026

क्लिन चिटपछि सुधन गुरुङ फेरि गृहमन्त्री बन्दै, शीतल निवासमा तयारी पूरा

Loading

काठमाडौं, २६ जेठ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किने हुनुभएको छ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई पुनः गृहमन्त्री नियुक्त गर्न लाग्नुभएको हो। नवनियुक्त गृहमन्त्री गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्ने गरी सम्पूर्ण तयारी पूरा भइसकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

www.everestonlinekhabar.com सेयर लगानी र स्वार्थको बाझिने विषयमा सार्वजनिक प्रश्न उठेपछि गत चैत १३ गते पहिलोपटक गृहमन्त्री बनेका गुरुङले नियुक्ति भएको २६ दिनमै (गत वैशाख ९ गते) नैतिकताको आधारमा राजीनामा दिनुभएको थियो।

उहाँमाथि लागेका आरोपहरूको छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो। उक्त छानबिन समितिले प्रतिवेदन बुझाउँदै उहाँलाई सफाइ  दिएको वा राजनीतिक समीकरणमा कुरा मिलेका कारण गुरुङलाई पुनः सोही शक्तिशाली मन्त्रालयको जिम्मेवारी सुम्पन लागिएको हो।

गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गुरुङ रास्वपाभित्र र युवा वृत्तमा आक्रामक एवं ऊर्जावान् नेताका रूपमा चिनिनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.