![]()
नयाँ दिल्ली ।
पाँच दिने भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता भएको छ। भारतीय प्रधानमन्त्रीको कार्यालयमा भएको उक्त भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विविध पक्षहरूमा छलफल भएको छ।
भेटपछि तस्बिर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ:
“नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट्न पाउँदा खुसी लागेको छ। साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई म पूर्ण रूपमा स्वागत गर्दछु।”
प्रधानमन्त्री मोदीले भारतको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत नेपाल सधैं प्राथमिकताको साझेदार रहेको र दुई देश बीचको विशिष्ट सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन नेपालको नयाँ राजनीतिक नेतृत्वसँग सहकार्य गर्न भारत तयार रहेको समेत उल्लेख गर्नुभएको छ।
भारतीय जनता पार्टी (भाजपा) का नेताहरूको निमन्त्रणामा भारत भ्रमणमा जानुभएका सभापति लामिछानेले यसअघि भारतका विदेश मन्त्री र गृह मन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो।
www.everestonlinekhabar.com


