![]()
काठमाडौं । मन्त्रिपरिषद् बिस्तारमा आफूलाइ पूर्णता बेवास्ता गरेपछि सरकारमा जाने अध्याय नै समाप्त भएको घोषणा गरेका राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाइ धन्यवाद दिएका छन ।
समाजिक संजालमा सक्रिय रहने अध्यक्ष थापाले आफनो फेसबुक अकाउन्टमा प्रधानमन्त्री देउलाइ व्यङग्य कस्दै धन्यवाद दिएका हुन । उनले आफनो पार्टीलाइ सत्तामुखी राजनीतिबाट अलग हुने मौका दिएको उल्लेख गरेका छन ।
अध्यक्ष थापाले पार्टीको आन्तरिक परिस्थितिसँग सम्झौता गर्नुपर्ने बाध्यताका कारण प्रधानमन्त्री निर्वाचनमा देउवालाई भोट हालेको भन्दै उल्लेख गरेका छन । प्रधानमन्त्री देउवाले आफूलाइ उपप्रधानसहित चार मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह गरेपनि आफू नगएको उनको दावी छ ।


