Breaking News.... EverestOnlineKhabar
June 13, 2026

Loading

विश्वकप २०२६ को पहिलो सप्ताहन्तमा समूह ‘सी’ (Group C) अन्तर्गत एउटा निकै रोमाञ्चक र प्रतिक्षित खेल हुँदैछ, जहाँ पाँच पटकको विश्व विजेता ब्राजिल र बलियो अफ्रिकी टोली मोरक्को आमनेसामने हुँदैछन्। यो खेल अमेरिकाको न्युजर्सीस्थित इस्ट रदरफोर्ड रंगशालामा नेपाली समय अनुसार भोलि बिहान (आइतबार) ३:४५ बजे सुरु हुनेछ।

समूह ‘सी’ मा ब्राजिललाई समूह विजेताको बलियो दाबेदार मानिएको छ। अर्कोतर्फ, सन् २०२२ को कतार विश्वकपमा चौथो स्थान हासिल गरेर ऐतिहासिक सफलता चुमेको मोरक्कोलाई पनि विश्व फुटबलकै एक बलियो टोलीका रूपमा हेरिएको छ। कतार विश्वकपमा ब्राजिल भने क्वाटरफाइनलसम्म मात्र पुग्न सफल भएको थियो।

पूर्व-अनुमान र खेलको महत्त्व

फुटबल विश्लेषकहरूका अनुसार यो खेल निकै कडा र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। खेल विशेषज्ञ Jon Eimer लगायतका खेलकुद विज्ञहरूले यस खेलको गहिरो अध्ययन गर्दै दुवै टोलीको रणनीति र खेलाडीहरूको वर्तमान लयका आधारमा यो खेल विश्वकपको सुरुवाती चरणकै सबैभन्दा रोमाञ्चक भिडन्तमध्ये एक हुने दाबी गरेका छन्।

विश्वकपको यो सुरुवाती महासङ्ग्राममा मोरक्कोले आफ्नो कतार विश्वकपको उत्कृष्ट लयलाई निरन्तरता दिँदै ब्राजिललाई स्तब्ध पार्न सक्ला या ब्राजिलले आफ्नो साख जोगाउँदै सुखद सुरुवात गर्ला, त्यो भने मैदानकै प्रर्दशनले तय गर्नेछ। विश्वभरका करोडौँ फुटबल प्रेमीहरूले यस खेललाई निकै चासोका साथ पर्खिरहेका छन् र यसको प्रत्यक्ष प्रसारण विभिन्न अन्तर्राष्ट्रिय खेलकुद च्यानल तथा स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed