Breaking News.... EverestOnlineKhabar
June 21, 2026

दाङमा युवतीमाथि खुकुरी प्रहार गरी भिडियो भाइरल बनाउने युवक पक्राउ, साथमा फेला पर्‍यो लागुऔषध

Loading

तुलसीपुर, ३ असार ।

दाङको तुलसीपुरमा एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई कुटपिट गरेको र सोको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. २ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगर रहेका छन्। प्रहरीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

घटनाको विवरण र भिडियो भाइरल

प्रहरीका अनुसार रमेशले करिब तीन महिना अगाडि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै, त्रसित पारेर कुटपिट गरेका थिए। सोही क्रुर घटनाको भिडियो उनले मंगलबार बेलुका ८:३० बजे आफ्नै आधिकारिक फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

भिडियो सार्वजनिक भएलगत्तै चौतर्फी आलोचना र कानुनी कारबाहीको माग उठेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली तत्कालै एक्सनमा उत्रिएको थियो।

मध्यरातमा घरैबाट पक्राउ, लागुऔषध पनि बरामद

भिडियोका आधारमा खोजी सुरु गरेको प्रहरी टोलीले मंगलबार राति १०:४० बजे रमेशलाई उनकै घरबाट नियन्त्रणमा लिन सफल भएको हो। पक्राउ पर्ने क्रममा उनको साथबाट प्रतिबन्धित लागुऔषध समेत बरामद गरिएको छ। प्रहरीका अनुसार उनको कोठाबाट निम्न परिमाणमा लागुऔषधका ट्याब्लेटहरू बरामद गरिएको छ:

  • Pregamax: १ ट्याब्लेट

  • Trohmo: ४१ ट्याब्लेट

  • Antikop: २ ट्याब्लेट

  • Nitrazohm: ५ ट्याब्लेट

थप एक जना पनि नियन्त्रणमा

यसै घटना र लागुऔषध सम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. २ बालापुर बस्ने २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर युवतीमाथिको हिंसा, सामाजिक सञ्जालमार्फत फैलाइएको त्रास र लागुऔषध ओसारपसार/प्रयोग सम्बन्धी मुद्दामा थप कानुनी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

© everestonlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed