![]()
काठमाडौं । काठमाडौं थानकोट–चित्लाङ सडक आयोजनामा नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
स्थानीयवासीले जिल्ला वन कार्यालय काठमाडौं र नेकपा एमालेका मकवानपुर क्षेत्र नम्बर २ का सांसदको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै उजुरी दिएका हुन् ।
बन नियमावली अनुसार सडक निर्माणका क्रममा निस्किएको वन पैदावर स्थानीय बाटोमै प्रयोग गर्नुपर्ने भएपनि ठीक विपरित काठ, दाउरा मात्रै स्थानीय वन समितिलाई दिएर ढुंगा, गिटी, माटो अन्य विक्री गरेको स्थानीयवासीको आरोप छ ।
गत वैशाख २१ थानकोट–चित्लाङ सडक योजनाको बैठकले यो सडक योजना अन्तर्गतको पानीघाट–चन्द्रगिरी भञ्ज्याङ सडक खण्डमा निर्माण गर्ने क्रममा निस्कने वन पैदावरजन्य वस्तुहरुको ब्यवस्थापन गर्न गरिएको टेन्डर प्रक्रियाबिरुद्ध पनि अख्तियारमा पुगेको छ ।


