![]()
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अगामी असोज दुई गते प्रदेश नम्बर दुईमा हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको हो ।
मन्त्रिपरिषद् बैठकले भदौ ५ गते तराईका जिल्लामा चुनावमा लागि सेना परिचालन गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय बमोजिम प्रधानमन्त्रीको सिफारिसमा निर्वाचनमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले स्वीकृति दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


