![]()
एजेन्सी । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई स्वागत गरेका थिए ।
देउवासँगै कार्यक्रममा नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायतका मन्त्री पनि सहभागी थिए । कार्यक्रममा भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजको पनि उपस्थिति थियो ।
प्रधानमन्त्री देउवा र भारतीय राष्ट्रपति तथा उपराष्ट्रपतिबीचको भेटवार्ता पनि साँझ हुँदैछ । सबै भेट छुट्टाछुट्टै हुनेछन ।


