![]()
बिबिसि । फोब्स पत्रिकाले यो वर्ष विश्वभरमा सबैभन्दा बढी कमाउने सेलिब्रिटीको सूची सार्वजनिक गरेको छ । संसारका सबैभन्दा बढी आम्दानी गर्ने कलाकारको सूचीमा तीन बलिउड कलाकार पनि परेका छन ।
ट्रान्सफर्मर दी लास्ट नाइटका हिरो मार्क वलबर्ग सबैभन्दा कमाउनेमा परेका छन । उनलाई ड्वेनी जोनसन र भ्यान डिसेलले पछ्याएका छन् । बलिउडका तीन कलाकार शाहरुख, सलमान खान र अक्षयकुमार पनि टप टेनमा परेका छन ।
सन् २००१६ को जुन १ देखि सन् २०१७ को जुन १ का बीच कलाकारले गरेको आम्दानीलाई आधार बनाउँदै फोब्सले यो सूची सार्वजनिक गरेको हो ।
हेर्नुहोस कसको कमाइ कति ?
१. मार्क वेलबर्ग – ६८ मिलियन डलर
२. ड्वेनी जोनसन – ६५ मिलियन
३. भ्यान डिसेल – ५४.५ मिलियन
४. एडम स्यान्डलर – ५०.५ मिलियन
५. ज्याकी चैन – ४९ मिलियन
६. रोवर्ट डाउनी जुनियर – ४८ मिलियन
७. टम क्रुज – ४३ मिलियन
८. शाहरुख खान – ३८ मिलियन
९. सलमान खान – ३७ मिलियन
१०. अक्षय कुमार ३५.५ मिलियन


