Breaking News.... EverestOnlineKhabar
April 19, 2026

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा दलहरूको मोर्चाबन्दी: ‘भित्री शक्ति’ र जेन-जीको सक्रियताले राजनीति ततायो

Loading

काठमाडौँ | मुलुकको राजनीतिक सरगर्मीले फेरि नयाँ मोड लिएको छ। प्रमुख राजनीतिक दलहरू छिन्नभिन्न अवस्थाबाट गुज्रिरहेका बेला पछिल्लो समय प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा एउटा बलियो जनमत र राजनीतिक मोर्चाबन्दी देखिन थालेको छ।

विशेष गरी संसद विघटन र संवैधानिक रिक्तताका विषयमा अदालतको फैसला र राजनीतिक सहमति पर्खिरहेका दलहरू अहिले ‘पुनर्स्थापना’लाई नै निकासको मुख्य कडी मान्न थालेका छन्।सुरुवाती दिनमा चुनाव वा पुनर्स्थापना भन्नेमा विभाजित देखिएका मुख्य राजनीतिक दलहरू अहिले आन्तरिक र बाह्य दबाबका कारण एकै ठाउँमा उभिन थालेका हुन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका शीर्ष नेताहरूले अनौपचारिक छलफलमा संसदको पूर्ण कार्यकाल र स्थिरताका लागि पुनर्स्थापना नै उत्तम विकल्प भएको बताउन थालेका छन्,दलहरूको रणनीति फेरिएको छ।

‘भित्री शक्ति’ को सक्रियता र लबिङ
राजनीतिक वृत्तमा यतिबेला एउटा चर्चा निकै चुलिएको छ— ‘भित्री शक्ति’को भूमिका। स्रोतका अनुसार पर्दापछाडि रहेका केही प्रभावशाली शक्ति केन्द्रहरूले मुलुकमा थप संवैधानिक संकट आउन नदिन प्रतिनिधिसभा ब्युँताउनु पर्नेमा जोड दिइरहेका छन्।

विशेष गरी सुरक्षा निकायका पूर्वअधिकारीहरू, बौद्धिक वर्ग र केही कूटनीतिक नियोगहरूले समेत अस्थिरताले निम्त्याउन सक्ने जोखिमबारे दलहरूलाई सचेत गराउँदै आएका छन्। यही ‘भित्री शक्ति’ को लबिङका कारण कतिपय हिजोसम्म मौन रहेका नेताहरू अहिले पुनर्स्थापनाको पक्षमा मुखर हुन थालेका विश्लेषण गरिएको छ।यो पटकको आन्दोलन र बहसको अर्को रोचक पक्ष भनेको ‘जेन–जी’ (Gen-Z) अर्थात् नयाँ पुस्ताका अगुवाहरूको सक्रियता हो।जेन-जी (Gen-Z) र नयाँ पुस्ताको आवाज, सामाजिक सञ्जालमा प्रभावशाली मानिएका र सडकमा उत्रिएका युवा अभियन्ताहरूले नै अहिले ‘भित्री शक्ति’को एजेन्डालाई जनस्तरमा पुर्‍याइरहेको टिप्पणी भइरहेको छ।

पुराना नेताहरूले बाटो बिराउँदा नयाँ पुस्ताले संवैधानिक रक्षाका लागि दबाब दिनु स्वभाविक हो। तर, यसको पछाडि कतै ‘भित्री शक्ति’ को डिजाइन त छैन भन्ने आशंका पनि उत्तिकै छ, एक राजनीतिक विश्लेषक भन्छन्।

डिजिटल प्लेटफर्म र सडकमा भएका प्रदर्शनहरूमा युवाहरूको सहभागिताले दलहरूलाई पनि आफ्नो अडान सच्याउन बाध्य पारेको देखिन्छ।सर्वोच्च अदालतको फैसला र दलहरूको पछिल्लो दौडधुपले अबको केही साता नेपाली राजनीतिको दिशा तय गर्ने निश्चित छ। एकातिर संसद पुनर्स्थापनाको माग बलियो हुँदै जानु र अर्कोतिर नयाँ पुस्ताको नेतृत्वमा हुने प्रदर्शनले गर्दा वर्तमान सरकारमाथि नैतिक र कानुनी दबाब बढेको छ।    अबको दिशा के?   यदि दलहरू, भित्री शक्ति र नागरिक समाजको यो साझा आवाज एकीकृत भयो भने, मुलुक फेरि एकपटक संसदको पुनरागमन र राजनीतिक स्थिरताको दिशामा अघि बढ्ने सम्भावना प्रबल देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed