![]()

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासंग भोली पनि बयान लिइने भएको छ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित जबरासंग भोली पनि बयान लिने भएको हो।
आज पहिलो दिन लिइएको बयान नसकिएकाले भोली पनि बयान लिने काम हुने समितिका एक सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बताए ।
समितिले जबरालाई सोध्ने तयार पारेका ४३ वटा प्रश्नमध्ये आज ४ वटा प्रश्नको मात्रै उनले जवाफ दिएका छन् । बाँकी रहेका प्रश्नहरुको जवाफ भोली लिइने सांसद विश्वकर्माले बताए ।
आज सोधिएका प्रश्नमा जबराले आफ्नो महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको बताएका थिए । समितिका सदस्यहरुले सोधेको प्रशनको जवाफ दिने क्रममा उनले आफुमाथिको महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको र आफुलाई अब न्याय चाहिएको बताएका थिए । उनले आफू संसदको सम्मानका लागि मात्रै बयान दिन आएको समेत बताएका थिए ।


