Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

तनहुँ। अभिनेता पल शाहमाथि लागेको बलात्कार मुद्दाको सुनुवाई स्थगित भएको छ । आज जिल्ला अदालत तनहुँमा हुने भनिएको सुनुवाइ स्थगित भएको हो।

नाबालिग भनिएकी गायिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा आज सुनुवाइ हुनेतय भएको थियो तर उनि अनुपस्थित भएपछि सुनुवाइ हुन नसकेको हो ।

शाह अहिले बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि ति गायिकाले बलात्कारको अर्को मुद्दा दर्ता गराएकी छन् । थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै अभिनेता शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । उनको निवेदनलाई अदालतले अस्वीकृत गरेपछि अभिनेता शाह जिल्ला अदालतको अन्तिम फैसला कुरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.