Breaking News.... EverestOnlineKhabar
April 23, 2026

Loading

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण भारतभर मृत्यु हुनेको संख्या २५ पुगेको हो । महाराष्ट्रमा ६, गुजरातमा चार, कर्नाटकमा तीन तथा मध्य प्रदेशमा दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भारतभर कोरोना संक्रमितको संख्या ९७९ पुगेको छ । संसारभर हालसम्म कोरोना भाइरसका कारण ३० हजार ८ सय ८३ जनाको मृत्यु भएको छ भने ६ लाख ६४ हजार १ सय ३ जनामा सक्रमण पुष्टि भइसकेको छ । नेपालमा अहिलेसम्म औपचारिक रुपमा पाँचजनामा कोरोना भाइरसको संक्रमण देखिएको सरकारले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed