Breaking News.... EverestOnlineKhabar
April 23, 2026

Loading

२०७६ चैत १६, काठमाडौँ – लकडाउनको उल्लंघन गर्नेलाई प्रहरीले पक्राउ गर्दै आएकोमा आइतबारदेखि भने जहाँ भेटिएको हो त्यहिँ उभ्याएर ब्रिफिङ्ग गरिने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लागु गरेको एक हप्ते लकडाउनको आइतबार छैटौँ दिन हो । अहिलेसम्म प्रहरीले उल्लंघन गर्नेलाई पक्राउ गरी केही समय बन्दी बनाउने गरेको थियो । तर पक्राउ गरेर गाडीमा हाल्दा संक्रमण फैलिने जोखिम हुने भएकाले आइतबारदेखि उल्लंघन गर्नेलाई जहाँ भेटियो त्यहिँ दुई घण्टासम्म राखिने र ब्रिफिङ्ग गरिने महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिएका छन् । आइतबार बिहान लकडाउन उल्लंघन गर्ने ५१२ जना पुरुष तथा १०५ जना महिलालाई सो कारवाही गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed