Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस १४, काठमाडौं । चिनियाँ संयुक्त लगानीको होङसी सिमेन्टसहित अन्य दुई स्थानीय सिमेन्ट गुणस्तरहीन भएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । गुणस्तरहीन उत्पादन गरेको उद्योगलाई विभागले १५ दिनको स्पष्टीकरण समेत सोधेको छ । विभागले सिमेन्टको नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा गुणस्तर अनुरुप नपाएपछि कार्वाहीको तयारी स्वरुप १५ दिने स्पष्टीकरण सोधिएको हो ।

होङसीमा इनिसियल सेटिङ आधा घण्टामा हुनुपर्नेमा नरहेको परीक्षणमा पाइएको छ । विभागले यो उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिह्न नियमावली २०४० अनुसार कार्वाही गरिने जनाएको छ । आफूलाई प्रबिधिसम्पन्न दाबी गर्ने होङसी सिमेन्ट यसअघि गुणस्तर बिभागबाट परीक्षण हुँदा समेत कमसल सिमेन्ट उत्पादन गरेको भन्दै पटक पटक कारबाहीमा पर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed