Breaking News.... EverestOnlineKhabar
June 4, 2026

नेपाल बैंकका पूर्वशाखा प्रबन्धक पक्राउ

Loading

२०७६ पुस १४, काठमाडौं । प्रहरीले नेपाल बैंक लिमिटेड, डिल्लीबजारका पूर्वशाखा प्रबन्धक भुपराज कोइरालालाई पक्राउ गरेको छ । प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सिर्जना गराएर अनुचित लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी बेलबहादुर पाण्डेका अनुसार नेपाल बैंक लिमिटेडका मानव स्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दीपेन्द्रराज काफ्लेको जोहरी आएपछि अनुसन्धान थालिएको छ । पक्राउ परेका कोइरालामाथि अनुसन्धान गर्न बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम जिल्ला अदालत, पाटनबाट ७ दिन म्याद थप भएको उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed