![]()
एजेन्सी । कलाकार एवम समाजसेवी धुर्मुस सुन्तलीलाई क्यानडामा १० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । धुर्मुस सुन्तलीको कामको प्रशंसा गदैं क्यानडाबासीले नगद १० लाख सहित सम्मान गरेका हुन ।
हालै आएको बाढी र डुबानका कारण पीडामा परेका तराईवासीको सहयोगमा धुर्मुस सुन्तली जुटेपछि क्यानडावासीले पनि सहयोग गरेका हुन । यो रकम बाढीपीडितका लागि एकीकृत नमुना बस्ती निर्माणमा प्रयोग हुने धुर्मुस सुन्तली फाउण्डेउसनले जनाएको छ ।
क्यानडाको क्यालगेरीमा रहेको मंगोलियन ब्याङ्क्वेटमा आयोजना गरिएको कार्यक्रममा धुर्मुस सुन्तलीलाई डाँफे स्पोर्टस क्लब र क्यालगेरीमा बसोवास गर्ने युवाहरुको संयुक्त प्रयासमा सम्मान गरिएको हो । फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरेले क्यानडाको क्यालगेरीमा रहेका नेपालीहरुको माया र साथले सामाजिक काममा अघि बढन थप प्रेरणा मिलेको बताइन ।


