Breaking News.... EverestOnlineKhabar
June 5, 2026

राप्रपा संसदीय दलको नेतामा बोहरा चयन

Loading

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले उपाध्यक्ष दीपक बोहोरालाई संसदीय दलको नेतामा चयन गरेको छ । वर्तमान सरकारमा सहभागी हुने गृहकार्यमा रहेको राप्रपाले संसदीय दलको नेतामा बोहरालाई चयन गरेको हो । राप्रपा प्रजातान्त्रिकको आज बसेको सांसदहरुको बैठकले संसदीय दलको नेतामा बोहरालाई सर्वसम्मत चयन गरेको हो ।

बोहोरा राप्रपा नेपालसँग एकीकरण हुनु पूर्व तत्कालिन राप्रपाको समेत दलका नेता हुुनुहुन्थ्यो । संसदीय दलको उपनेताको जिम्मेवारी बिक्रम पाण्डेलाई दिईएको छ । बोहोरा र पाण्डे प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । राप्रपा प्रजातान्त्रिकसँग १८ सांसद छन् ।

राप्रपा प्रजातान्त्रिकले संसदीय दलका नेता बोहराको नेतृत्वमा सरकारमा जाने तयारी गरेपनि उनी आयल निगमको जग्गा खरिद प्रकरणमा विवादमा परेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed