![]()
काठमाडौं । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै ११ पटक अनसन बसिसक्नु भएका चिकित्सक डा. गोविन्द केसीले केही मेडिकल कलेजले बिद्यार्थीहरुसंग चर्को शुल्क लिइरहेकोमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
डा. केसीले आइतबार बिज्ञप्ती निकाल्दै सरकारी निर्णय विपरित विभिन्न मेडिकल कलेजले चर्को शुल्क लिइरहेकाले त्यस्ता कलेजको सम्बन्धन खारेज गर्न माग गर्नुभएको छ । उहाँले बढी शुल्क लिने कलजेका पदाधिकारीलाई बर्खास्त गर्न पनि माग गर्नु भएको छ ।
सरकारले एमबीबीएस तथा बीडीएसको शुल्क निर्धारण गरिसके पनि केही कलेजले चलखेल गरी चर्को शुल्क लिइरहेको उहाँको दावी छ ।
सरकारले एमबीबीएसका लागि उपत्यका भित्र ३८ लाख ५० हजार तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार र बीडीएसका लागि १९ लाख ३२ हजार ६ सय १२ भनी शुल्क निर्धारण गरिसकेको छ ।


