Breaking News.... EverestOnlineKhabar
June 19, 2026

‘एनआरएनए’ युके महिला संयोजकमा साहित्यकार लीला माबोको उम्मेदवारी घोषणा

Loading

काठमाडौैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके महिला संयोजकमा कवि तथा गीतकार लीला सेलिङ माबोले उम्मेदवारी घोषणा गरेकी छन ।

माबोले लन्डनमा रहेको फेलथाममा पत्रकार सम्मेलन गरी आगामी सेप्टेम्बरमा हुने सम्मेलनका लागि उम्मेदवारी घोषणा गरेकी हुन ।
एनआरएनए युके च्यारिटी विभागमा रहेर काम गरिसकेकी माबोले महिला संयोजकमा निर्वाचित भए प्रवासमा रहेका नेपाली महिलाको पक्षमा अभियान नै चाल्ने बताएकी छन । उनले नेपालका ग्रामीण भेगमा बसोबास गर्ने महिलाहरुको स्वास्थ्य सुधारको काम गर्ने योजना पनि आफूसंग रहेको बताएकी छन ।

साइकोलोजी एन्ड क्रिमिनोलोजीमा स्नातकोत्तर तथा डेन्टल नर्सका रूपमा परिचित माबोको ‘लाहुरेनी पीडा’ नामक कवितासंग्रह पनि सार्वजनिक भैसकेको छ । उनका लिम्बू तथा नेपाली भाषाका थुप्रै गीत पनि रेकर्ड भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed