Breaking News.... EverestOnlineKhabar
June 19, 2026

‘सिंहदरवारको अधिकार गाउँमा पुग्यो भन्नु हास्यास्पद’

Loading

काठमाडौं । सिंहदरवारको अधिकार गाउँमा पुग्यो भनेर सरकार र राजनीतिक दलका नेताहरुले जति भट्याए पनि परिस्थिति त्यस्तो छैन । प्राविधिक रुपमा स्थानीय सरकार गठन भएपनि स्रोत साधनको अभावमा ती बुख्याँचा मात्र सावित भएका छन । एकातर्फ केन्द्रबाट स्थानीय सरकारलाइ अधिकार प्रत्योजन गरिएको छैन भने अर्कोतर्फ स्थानीय सरकार संचालनको नीति, नियम, ऐन तथा कानून पनि केही बनेको छैन । स्थानीय तहको चुनाव भएर गाउँगाउँमा जनप्रतिनिधि आएपनि सर्वसाधारणको दैनिकी र उनीहरुले भोग्ने समस्यामा कुनै फेरबदल आएको छैन ।

शुक्रवार मात्रै प्रसुती व्यथाले च्यापेपछि जीवन मरणको दोसाँधमा पुगेकी गोरखाकी एक महिलालाइ हेलिकप्टरमार्फत काठमाडौं ल्याउनु पर्यो । सामान्य सुत्केरी गराउनेसम्मको सुविधा गाउँमा अझै पनि छैन । भएपनि दक्ष जनशक्ति र उपकरणको अभाव हुन्छ ।
सुत्केरी बेथाले थलिएकी धार्चे गाउँपालिका केरौंजाकी २९ वर्षकी सरिता गुरुङलाइ हेलिकोप्टर मार्फत उद्दार गरिएको हो । गाउँमा प्रसूति गराउने स्वास्थ्य संस्था नभएपछि उपचारका लागि हेलिकोप्टर चार्टर गरेर काठमाडौं ल्याइएको हो । उनको अहिले काठमाडौँ स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उत्तरी क्षेत्रका आमाहरुले गाउँमै बच्चा जन्माउन नसकेकै कारणले लाखौँ रकम खर्च गरी काठमाडौँमा उपचार गर्नुपर्ने बाध्यता छ । यस पटक भने सरिताको लागि हेलिकोप्टर चार्टरको खर्च नेपाल सरकारले नै बेहोरेको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । केरौंजादेखि काठमाडौंसम्म हेलिकोप्टरमा लैजान लागेको खर्च १ लाख ५० हजार रुपैयाँ नेपाल सरकारले बेहोर्ने सहमति भएको छ ।

गुरुङको परिवार खेती किसानी गरेर गुजारा गर्ने सामान्य परिवार हो । उत्तरी क्षेत्रमा सडक सञ्जाल नजोडिएको र पर्याप्त स्वास्थ्य सेवा नभएकै कारणले वर्षेनी केही शीशु र आमाको ज्यान समेत जाने गरेको छ ।

यी गुरुङ महिला त प्रतिनिधि पात्र मात्र हुन । भाग्यले उनले कसैको साथ पाइन र काठमाडौंसम्म आएर उपचार गर्न पाइन । गोरखा भन्दा पनि विकट र दुर्गम जिल्लाका आमाहरुको अवस्था कसले बुझने ?
सैद्धान्तिक रुपमा सिंहदरवारको अधिकार गाउँमा पुर्याएपनि सरकार र राजनीतिक दलहरुले त्यसको प्रत्याभूती जनतालाइ कहिले गराउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed