![]()

काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० को केन्द्रीय सचिवालयको बैठक बस्दैछ ।
आज दिउँसो दुईबजे पार्टी मुख्यालय आलोक नगरमा बस्ने बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्ड तय गर्ने बिषयमा छलफल हुने बताइएको छ ।
सचिवालय बैठकले मापदण्ड तय गरेर निर्वाचन क्षेत्र कमिटीलाई तोकिएको मापदण्डभित्र रहेर उम्मेदवार सिफारिस गर्न सर्कुलर जारी गरिने एक केन्द्रिय नेताले जानकारी दिए । सत्ता गठबन्धनमा तेस्रो ठुलो दलका रुपमा रहेको समाजवादी पार्टीले सिट बाँडफाँडमा आफुलाई सम्मानजनक स्थान खोजिरहेको छ ।


