Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading


काठमाडौं । पूर्वसंचारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको पार्टी सभापति लामिछानेले जानकारी दिए । सामाजिकसंजालमा एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले प्रतिनिधि सभाको निर्वाचनमा मात्रै आफ्नो पार्टीले भाग लिने बताएका छन् ।

‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ, सभापति लामिछानेले भिडियो सन्देशमा भनेका छन् ।

यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको उनले जिकिर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed