![]()

सहरी विकास मन्त्री मेटमणि चौधरीले सीमान्तकृत समुदायले अब नेतृत्वमा दाबी गर्नुपर्ने बेला आएको बताएका छन् ।
जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने मुस्लिम समुदाय पनि सीमान्तकृत भएकाले अब नेतृत्वमा दाबी गर्नु पर्ने बताएक हुन् । उनले मुस्लिम समुदायलाई भर्याङ मात्र नबन्न आग्रह समेत गरे।
, ‘नेपाल राष्ट्र बनेदेखि नै मुस्लिम समुदाय नेपाल प्रवेश गरेको इतिहास छ । प्रवेश मात्र होइन राष्ट्र बनाउन योगदान रहेको छ । तर सधैँ किन भर्याङ मात्र बन्ने रु’ उनले प्रश्न गरे ।
पछाडी पारिएका सबै समुदायले राज्यका विभिन्न निकायमा प्रतिनिधित्व गर्नका लागि आवाज उठाउनुपर्ने मन्त्री चौधरीको भनाई छ । आगामी निर्वाचनमा समेत मुस्लिम समुदायबाट उम्मेदवारी दिई नेतृत्व दावी गर्नुपर्नेमा उनले जोड पनि दिए ।
उक्त कार्यक्रममा जामिया सिराजुल उलूम अलसाल्फियाका प्रवक्ता मौलाना मशहूद खाँले मन्त्री समक्ष मौलानाहरु र प्राथमिक देखि माध्यमिक तहका मदरसा विद्यालयहरुलाई दिँदै आएको सरकारी रकम निकै कम भएको गुनासो राखे । मदरसा सञ्चालन गर्न अत्यन्त मुस्किल परेकाले आवश्यक सहयोग गरिदिनु उनले आग्रह गरे । मदरसाका समस्या समाधानमा आफुले विशेष पहल गर्ने मन्त्री चौधरीले आश्वासन दिए ।


