![]()

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको म्याद आज सकिदै छ । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय तोकेको थियो।
यसअवधिमा आयोगमा राजनीतिक दल दर्ताको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनकाअनुसार सिके राउत नेतृत्वको जनमत पार्टी सुरुमा दर्ता भएको थियो ।
राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले आयोगमा दल दर्ता गरे पनि काँग्रेसले भने आज अन्तिम दिन दल दर्ता गर्दैछ । दल दर्ताका लागि आयोग जाने तयारी भइरहेको काँग्रेसले जनाएको छ ।


