![]()

काठमाडौं । पूर्वप्रधानमन्त्री द्वय प्रचण्ड र डा बाबुराम भट्टराई आज संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग जाँदैछन् । प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जान लागेक हुन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा संयुक्त रुपमा लड्ने निर्णय भएसंगै संयुक्त रुपमा दल दर्ताका लागि आयोग जान लागेका हुन् । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा आजसम्मका लागि आयोगमा दल दर्ता गर्ने समय तोकेको छ ।
आयोगले निर्वाचनमा भाग लिन साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो ।


