Breaking News.... EverestOnlineKhabar
June 4, 2026

उखु किसानलाई भुक्तानी नदिने सञ्चालकलाई खोज्न प्रहरीलाई निर्देशन

Loading

२०७६ पुस १५, काठमाडौँ – उखु किसानलाई भुक्तानी नदिने चिनी उद्योग इन्दिरा सुगर एण्ड एग्रो र अन्नपूर्ण सुगर एण्ड जनरलका सञ्चालक राकेशकुमार अग्रवाललाई खोज्न गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अग्रवाललाई खोजिदिन भन्दै पत्राचार गरेपछि गृहमन्त्रालयले मातहतको प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो । भुक्तानी नपाएको भन्दै चिनी किसानहरु अहिले काठमाडौँमा आन्दोलनरत छन् । उखु किसानका मागप्रति सरकारलाई गम्भीर बन्न राष्ट्रिय मानव अधिकार आयोगले समेत ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed