![]()
एजेन्सी । ओलम्पिकमा ६ पटक स्वर्ण पटक विजेता अमेरिकी पौडी खेलाडी रायन लोच्टे १४ महिनाका लागि प्रतिबन्धमा परेका छन् । प्रतिबन्धित औषधि (डोपिङ) प्रयोग गरेको प्रमाणित भएपछि उनी लामो समय प्रतिबन्धमा परेका हुन् ।
अमेरिकी एन्डी डोपिङ एजेन्सी वाडाले गरेको परीक्षणमा डोपिङ प्रयोग गरेको पाइएपछि उनी प्रतिबन्धमा परेका हुन् । उनले आफ्नो कमजोरीका लागि औषधि सेवन गरेको साथै आफुले सेवन गरेको औषधि वाडाले प्रतिबन्ध लगाएको थाहा नभएको बताएका छन् ।
ओलम्पिकमा १२ पटक पदक जितेका ३३ वर्षीय लोच्टे यसअघि पनि रियो ओलम्पिकपछि १० महिनाको प्रतिबन्धमा परेका थिए ।


