Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

एजेन्सी । कप्तान पारस खड्काबिना दोस्रो अभ्यास खेलमा उत्रिएको नेपाली क्रिकेट टिम पराजित भएको छ । लन्डनमा नेपाल  सेन्ट क्रससँग १९ रनले पराजित भएको हो ।

१६९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि अनिलकुमार शाहले ५६ रनको अर्धशतकीय पारी खेलेभने आरिफ शेखले ३४ रनको योगदान दिए पनि नेपाललाई जित दिलाउन सकेनन् ।

नेपालका अन्य अनुभवि ब्याट्सम्यान चल्न सकेनन् । ज्ञानेन्द्र मल्ल १८, सोमपाल कामी १६ र सुवास खकुरेल १० रनमा आउट हुँदा शरद भेषवाकरी शुन्य र दीपेन्द्रसिहं ऐरी ३ र रोहित कुमार पौडेल १ रनमा आउट भए । एसटी क्रसका लागि फेलिक्स ओर्गनले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एसटी क्रसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान २–२ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed