Breaking News.... EverestOnlineKhabar
June 4, 2026

एसियाली पावर हाउस जापान समूह उपविजेता हुँदै अन्तिम १६ मा

Loading

काठमाडौ,असार ।
एसियाली मुलुक जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। समुह चरणको अन्तिम खेलमा पोल्याण्डसँग १–० ले पराजित भए पनि जापान समूह ‘एच’ को उपविजेताको हुँदै अन्तिम १६ मा प्रवेश गरेको हो। पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलको ५९ औं मिनेटमा बेडनारेकले गोल गर्दै पोलिस टोलीलाई अग्रता दिलाए। उक्त गोलनै पोलाण्डलाई जिताउन पर्याप्त बन्यो।
योसँगै एकमा जित र एकमा बराबरसहित ४ अंक बनाएको जापान अन्तिम १६ मा प्रवेश गर्‍यो। अर्को खेलमा कोलम्बियाले नाइजेरियालाई हराएपछि जापानाको भाग्य खुलेको हो।
कोलम्बिया ६ अंक सहित समूह विजेता भएर नकआउट चरण प्रवेश गर्‍यो। पराजित सेनेगल र जापानको समान ४ अंक भए पनि सेनेगल प्रतियोगिताबाट बाहिरियो। जापानसँग फेयर प्लेको आधारमा पछि पर्दा सेनेगलले अघिल्लो चरण प्रवेश गर्न नसकेको हो। सेनेगलले जापानले भन्दा २ बढी पहेलो कार्ड पाएको थियो।
जापान विश्वकपमा तेस्रो पटक नकआउट चरण पुगेको हो। उसले सन् २००२ र २०१० मा नकआउट चरणमा स्थान बनाएको थियो। उसले सन् १९९८ यता लगातार विश्वकप खेलिरहेको छ। यसपटक एसियाबाट दक्षिण कोरिया, इरान, साउदी अरब र अस्ट्रेलिया सहभागी थिए।
यसपटक नकआउट चरणमा अफ्रिकन टोली भने‘निल’ भएका छन्। कुनैपनि अफ्रिकन टोलीले पहिलो चरण पार गर्न सकेनन्। दक्षिण अमेरिकाबाट चार टोली, उत्तर अमेरिकाबाट एक टोली र युरोपबाट १० टोली नकआउट चरण पुगेका छन्। पोल्याण्डले अन्तिम खेलमा ३ अंक जोड्दै प्रतियोगिताबाट सुखद विदाई गर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed