![]()
एजेन्सी,असार ।
रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणको समिकरण पुरा भएको छ। बिहिबार समूह एच बाट जापान र कोलम्बिया अन्तिम १६ मा पुगेसँगै प्रि क्वार्टरफाइनलको समिकरण पुरा भएको हो। समूह चरणका सबै खेलहरू बिहिबार रातिबाट सकिएका छन्।
समूह चरणका खेल सकिँदा पहिलो पटक विश्वकप खेलेका आइसल्याण्ड तथा पानामा र साबिक विजेता जर्मनीसहित १६ टिम बाहिरिएका छन्। अब शनिबारदेखि नकआउट चरणका खेल सुरु हुनेछन्।
यसपटक नकआउट चरणमा अफ्रिकन टोली भने‘निल’ भएका छन्। कुनै पनि अफ्रिकन टोलीले पहिलो चरण पार गर्न सकेनन्। युरोपबाट १० टोली, दक्षिण अमेरिकाबाट चार टोली, उत्तर अमेरिका र एसियाबाट एक–एक टोली नकआउट चरण पुगेका छन्। विश्वकप अन्तर्गत बिहिबार समूह एचबाट सेनेगल बाहिरिएसँगै रूस विश्वकपको अन्तिम १६ अफ्रिकन राष्ट्रबिहिन बनेको हो ।
एसियाली मुलुक जापान भने जारी विश्वकपको नकआउट चरण पुग्ने एक्लो एसियन राष्ट्र बनेको छ । विश्वकप फुटबलको इतिहासमा सन् १९८६ पछि पहिलोपटक अफ्रिकन राष्ट्रले नकआउट चरणमा स्थान बनाउन नसकेको हो। यो विश्वकपमा अफ्रीका महादेशबाट ५ राष्ट्र सहभागी थिए।
को को पुगे अन्तिम १६ मा
जापान– एसिया
रसिया–युरोप
स्पेन–युरोप
पोर्चुगल–युरोप
फ्रान्स–युरोप
डेनमार्क–युरोप
क्रोएसिया–युरोप
स्विटजरल्याण्ड–युरोप
स्विडेन–युरोप
इंल्याण्ड–युरोप
बेल्जियम–युरोप
उरूग्वे–दक्षिण अमेरिका
अर्जेन्टिना–दक्षिण अमेरिका
ब्राजिल–दक्षिण अमेरिका
कोलम्बिया–दक्षिण अमेरिका
मेक्सिको– उत्तर अमेरिका
अन्तिम १६ मा कसको प्रतिस्पर्धी को ?
शनिबार (असार १६)
फ्रान्स विरूद्ध अर्जेन्टिना (बेलुका पौने ८ बजे)
उरुग्वे विरूद्ध पोर्चुगल (राति पौने १२ बजे)
आइतबार (असार १७)
स्पेन विरूद्ध रुस (बेलुका पौने ८ बजे)
क्रोएसिया विरूद्ध डेनमार्क (राति पौने १२ बजे)
सोमबार (असार १८)
ब्राजिल विरूद्ध मेक्सिको (बेलुका पौने ८ बजे)
बेल्जियम विरूद्ध जापान (राति पौने १२ बजे)
मंगलबार (असार १९)
स्वीडेन विरूद्ध स्वीट्जरल्याण्ड (बेलुका पौने ८ बजे)
कोलम्बिया विरूद्ध इंग्ल्याण्ड (राति पौने १२ बजे)


