Breaking News.... EverestOnlineKhabar
June 4, 2026

‘फिफा विश्वकप फुटबल’ का लागि कुन देशको जर्सी कस्तो ?

Loading

एजेन्सी । विश्व फुटबलको महाकुम्भ ‘फिफा विश्वकप फुटबल’ आगामी जेठमा रुसमा सुरु हुँदैछ । रुसको राजधानी मस्कोमा जेठ ३१ गते विशेष कार्यक्रमका बीचमा फिफा विश्वकप फुटबलको उद्घाटन हुनेछ ।

२१ औँ संस्करणको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिसकेको छ ।

विश्वकपको दिनगन्ती सुरु भएसँगै विश्वकप खेल्ने राष्ट्रहरुको नयाँ जर्सीसमेत सार्वजनिक हुन थालेको छ । खेलकुद सामग्री उत्पादन गर्ने कम्पनीहरुले रुस विश्वकपमा प्रयोग हुने जर्सी, बुट तथा अन्य खेल सामग्रीहरु सार्वजनिक गर्न थालेका हुन् । अधिकांश राष्ट्रको जर्सी सार्वजनिक भइसकेको छ भने केही राष्ट्रको बाँकी छ ।

यो संस्करणमा सहभागी हुने राष्ट्रहरुले एडिडास, पुमा र नाईक कम्पनीको जर्सी लगायत खेलकुद सामग्री प्रयोग गर्नेछन् । आयोजक रुस, जर्मनी, स्पेन, अर्जे्न्टिना, कोलम्बिया, जापान, स्विडेन, मेक्सिको, इरान, इजिप्ट, मोरक्को, बेल्जियमले एडिडास कम्पनीको जर्सी प्रयोग गर्नेछन् ।

एडिडासले अर्जे्न्टिना, जर्मनी, स्पेन, रुस, बेल्जियम, स्विडेन, मेक्सिको र जापानको अवे जर्सी सार्वजनिक गरेको छ । यस्तै योपटक पोर्चुगल, ब्राजिल, फ्रान्स, इंग्ल्यान्ड, क्रोएसिया, दक्षिण कोरिया, साउदी अरेबिया, अष्ट्रेलिया, पोल्याण्ड, नाइजेरियाले नाईकले निर्माण गरेको जर्सी लगाउनेछन् । नाईकले रुस विश्वकपको लागि इंग्ल्यान्ड, फ्रान्स, नाइजेरिया, पोर्चुगलले प्रयोग गर्ने जर्सी सार्वजनिक गरिसकेको छ ।

यो विश्वकपको लागि पुमाले स्विजरल्याण्ड, उरुग्वे, सेनेगलको जर्सी बनाउनेछ । पुमाले यी तीनै राष्ट्रले प्रयोग गर्ने जर्सी सार्वजनिक गरिसकेको छ ।

कोस्टारिका र पानामाले न्यु ब्यालेन्स कम्पनीको जर्सी प्रयोग गर्दा पेरु र सर्बियाले उम्ब्रो कम्पनिको जर्सी प्रयोग गर्नेछन् । यस्तै आइसल्याण्डले इरा, डेनमार्कले हुम्मेल र ट्युनिसियाले उह्ल्स्पोर्ट कम्पनीको जर्सी प्रयोग गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed