Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रहरीको मेसमा पुगेर गृहमन्त्री थापाले खाए दालभात, आलुको तरकारी, साग र आलुकै अचार

Loading

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ब्यापक अनुगमन र छड्केमा लागेका छन । मंगलबार केन्द्रीय कारागार, डिल्लीबजार कारगार र त्रिभुवन बिमानस्थलको अनुगमन र छड्के गर्न भ्याएका मन्त्री थापा बुधवार एक्कासी महानगरीय प्रहरी वृत्त, अनामनगर पुगे ।
उनले महानगरीय प्रहरी वृत्त, अनामनगरको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण मात्र गरेनन प्रहरी मेसमा खाना पनि खाए ।

गृहमन्त्री पुग्दा प्रहरी मेसमा खानाखाइरहेका प्रहरी हतारिए । तर, मन्त्री थापाले सबैलाई खाना खाइरहन आग्रह गरे । लगत्तै थापाले भान्सामा पुगेर ‘हामी पनि यही खाना खान्छौं, पुग्छ ?’, भनेर सोधे । केही बेर नबोलेका किचनका प्रहरीले लगत्तै, ‘पुग्छ हजुर’ भनेर जवाफ दिए । थापाले भनिहाले, ‘त्यसो भए हामीलाई पनि खाना ल्याउनुहोस् ।’ गृहमन्त्री थापा खाना खाइरहेका रहेको प्रहरीसँगै बसेर खानाखान थाले ।

प्रहरी मेसमा दाल भात, आलुको तरकारी, साग र आलुकै अचार पाकेको थियो । प्रहरी मेसमा सँगै खाना खाएर गृहमन्त्री थापाले प्रहरीलाई जनताको जिउ, धनको सुरक्षाका लागि दत्त चित्त भएर लाग्न निर्देशन समेत दिए ।

थापाले नेपाल प्रहरीको रासनमा विभेद रहेकोबारे आफू जानकार रहेको भन्दै त्यो असमानता हटाउन आफूले पहल गर्ने आश्वासन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed