Breaking News.... EverestOnlineKhabar
August 19, 2026

सत्ता राजनीतिप्रति निराशा बढ्दा रास्वपाको नजर स्थानीय चुनावमा: ‘उम्मेदवार छनोट रूपरेखा’ र साङ्गठनिक सुदृढीकरण तीव्र

Loading

काठमाडौँ। देशमा ठूला राजनीतिक फेरबदल र नयाँ सरकार गठन भए पनि जनअपेक्षा अनुसार काम हुन नसकेको भन्दै चौतर्फी निराशा छाएको छ। जनताले सोचेअनुरूप न त सुशासनको अनुभूति गर्न पाएका छन्, न त विकास निर्माण र आर्थिक सुधारले नै गति लिन सकेको छ। सरकारको कमजोर कार्यसम्पादनबाट नागरिक असन्तुष्ट बनिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आगामी स्थानीय निकाय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै साङ्गठनिक सुदृढीकरण र सक्षम नेतृत्व चयनको प्रक्रियालाई तीव्र बनाएको छ।
स्थानीय तहदेखि नै पार्टीको आधार स्तम्भ बलियो बनाउन र स्वच्छ, सक्षम एवं योग्य उम्मेदवार मैदानमा ल्याउन रास्वपाले उम्मेदवार चयनको पारदर्शी मापदण्ड तय गरेको छ।

घन्टी घरमा केन्द्रीय समिति बैठक: एजेन्डा उम्मेदवार छनोट र साङ्गठनिक विस्तार

रास्वपा महामन्त्री विपिन कुमार आचार्यका अनुसार बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टी घर’ मा बस्ने केन्द्रीय समितिको बैठकमा आगामी स्थानीय निर्वाचन र साङ्गठनिक संरचनाका विषयमा महत्त्वपूर्ण छलफल हुने भएको छ।
बैठकमा विशेष गरी निम्न विषयहरूलाई प्रमुख एजेन्डा बनाइएको छ:
  • उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन: स्थानीय निर्वाचनका लागि योग्य, जनप्रिय र इमानदार उम्मेदवार छनोट गर्न विशेष अङ्क प्रणालीसहितको ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ बैठकमा पेश गरी अनुमोदन गर्ने तयारी छ।
  • ‘राइट टु रिकुल’ को व्यवस्था: जनप्रनिधिले बाटो बिराएमा वा सोचेअनुसार काम नगरेमा फिर्ता बोलाउन सकिने ‘राइट टु रिकल’ (Right to Recall) सम्बन्धी दस्तावेज निर्माणमा छलफल।
  • अभिमुखीकरण तथा प्रशिक्षण: स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रियाबारे तल्लो तहका कार्यकर्ता र नेतृत्वलाई प्रशिक्षित गराउन केन्द्रीय समिति तथा सांसदहरूको नेतृत्वमा देशव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने।
  • पद मनोयन र जिम्मेवारी बाँडफाँड: केन्द्रीय सदस्य, विभागीय प्रमुख, पदाधिकारी तथा केन्द्रीय उम्मेदवार छनोट समिति सदस्यहरूको मनोनयन।
  • मुखपत्र ‘स्वतन्त्र’ प्रकाशन: पार्टीको नीति, विचार र गतिविधिलाई नागरिकसामु पुर्‍याउन ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय।

१०० अङ्कको ‘उम्मेदवार छनोट प्रणाली’

राजनीतिक दलहरूमा व्याप्त ‘नातावाद र कृपावाद’ लाई अन्त्य गर्दै रास्वपाले १०० अङ्कको मूल्याङ्कन प्रणालीमार्फत उम्मेदवार चयन गर्ने नयाँ अभ्यास सुरु गरेको छ। यस प्रणाली अनुसार उम्मेदवार हुन चाहने व्यक्तिले चार मुख्य चरण पार गर्नुपर्नेछ:
चरण शीर्षक भार ९अङ्क% मुख्य आधार
पहिलो चरण लिडरसिप एकेडेमी २५% नेतृत्व क्षमता, पारदर्शिता र योग्यता
दोस्रो चरण पोलिटिकल प्रोक्सिमिटी २५% साङ्गठनिक प्रतिबद्धता, चुनाव जित्ने सम्भावना र जनप्रियता
तेस्रो चरण समावेशी सम्बोधन १०% महिला, युवा, सीमान्तकृत तथा लक्षित वर्गको सहभागिता
चौथो चरण आन्तरिक निर्वाचन (प्राइमरी) ४०% पार्टीको आन्तरिक लोकतन्त्र र कार्यकर्ताको मत

जननिराशाको विकल्प बन्ने रणनीति

विद्यमान सरकारको फितलो कार्यशैली र जनतामा व्याप्त असन्तोषलाई सम्बोधन गर्न रास्वपाले आफूलाई सशक्त र भरपर्दो विकल्पका रूपमा उभ्याउने प्रयास गरिरहेको छ। ‘विधिको शासन, विभेदरहित समाज, डिजिटल डेमोक्रेसी र भ्रष्टाचारमा शून्य सहनशीलता’ को नारासहित रास्वपा स्थानीय तहदेखि नै योग्य नेतृत्व स्थापित गर्ने अभियानमा जुटेको हो।
सत्ता साझेदार तथा पुराना दलहरूप्रति जनताको विश्वास घट्दै गइरहेको यो समयमा रास्वपाले अघि सारेको पारदर्शी नेतृत्व छनोट प्रक्रिया र साङ्गठनिक सक्रियतालाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.