Breaking News.... EverestOnlineKhabar
June 5, 2026

नेपालले क्रिकेटमा वान डे स्ट्याटस पाएपछि भारतीय क्रिकेटर सेहवागले भने- ‘नेपालले कमाल गर्यो ’( भिडियोसहित)

Loading

एजेन्सी । नेपालले क्रिकेटमा वान डे स्ट्याटस प्राप्त गरेपछि भारतीय बिष्फोटक ब्याटसम्यान बिरेन्द्र सेहवागले नेपालको खुलेर प्रशंसा गरेका छन । २२ वर्षपछि ऐतिहासिक सफलता पाएको नेपाली क्रिकेट टोलीलाई विश्वभरबाट बधाई र शुभकामनाको ओइरो लागेकाबेला सेहवागले नेपाली टोली र नेपाली जनताको प्रशंसा र सम्मान गरेका हुन ।

शेहवागले आफ्नो फेसबुक पेजमार्फत समर्थकको प्रश्नको लाइभ जवाफ दिँदै नेपाल र नेपालीको तारिफ गरेका हुन्। फेसबुक लाइभ मार्फत कुराकानी गर्ने क्रममा सुजन नामक एक समर्थकले राखेको प्रश्नको उत्तर दिँदै शेहवागले नेपाली टोलीलाई बधाई दिएका हुन्।
सेहवागले भने, ‘नेपाली टोलीले त कमाल गरेको छ। नेपाललाई अब एक दिवसीय राष्ट्रको दर्जा मिलेको छ र नेपाल एक दिवसीय राष्ट्रको सूचिमा प्रवेश गरेको छ । ’

उनले गत वर्ष यु १९ एसिया कपमा नेपालले भारतलाई हराएको प्रशंग कोट्याउँदै भने, ‘एक दिवसीय मान्यता पाउनु अघि नेपालको अन्डर १९ टोलिले भारतको अन्डर १९ टोलिलाई हराएको थियो। त्यो समय नेपालले खेलेको खेल देखेर मजा आएको थियो र मैले त्यो खेल हेरेको पनि थिएँ।’

नेपाली टिमको मात्रै हैन शेहवागले नेपाल जान समेत मन लागेको सुनाउदै सम्पूर्ण नेपालीकै तारिफ गरे, ‘मैले सुनेको छु कि नेपालीहरु धेरै प्यारा हुन्छन् भनेर। म आजसम्म नेपाल गएको छैन। नेपाल एउटा कमालको देश हो र मेरो इच्छा छ कि म एकपटक नेपाल गएर घुम्न चाहन्छु, त्यहाँका मानिसहरुसँग भेट्न चाहन्छु।’

नेपाली टोलिले एक दिवसीय मान्यता पाएको खुशीमा शेहवागले जोडे” मलाई धेरै खुशी लागेको छ की नेपालले यो उपलब्धि हाँसिल गरेको छ। अब अर्को छिमेकि देशले एक दिवसीय मान्यता पाएको छ जो अब हामीसँग वानडे क्रिकेट खेल्नेछ। म मेरोतर्फबाट सबै नेपाली र नेपाली टोलिलाई धेरै धेरै शुभकामना दिन चाहन्छु।’

यसअघि भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीले पनि नेपालले वान डे स्ट्याटस पाएकोमा बधाई दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed