Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया र्पुयाएको आरोप लागेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गी अन्ततः जेल चलान भएका छन । जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।

जिल्ला न्यायाधीश टेकनारायण पौडेलको इजलासले खड्गीलाई जेल चलान गर्न आदेश दिएको हो । यसअघि सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । तर, फर्किने बेलामा भने दुईजना मात्र नेपाल आएका छन् ।

प्रहरी हिरासतमा रहेका वेला खड्गीले उनीहरूलाई कोरिया लगेको स्वीकार गरेका थिए । उनले सबैले लगिरहेकाले आफूले पनि लगेको बयान दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed