Breaking News.... EverestOnlineKhabar
June 4, 2026

सिरियामा टर्कीस सेनाको आक्रमणमा ३६ सिरियाली सेनाको मृत्यु

Loading

बीबीसी । सिरियाको आफरिनमा टर्कीस सेनाले गरेको हवाई हमलामा ३६ सिरियाली विद्रोही सेनाको मृत्यु भएको छ ।

उत्तरी सिरियाको आफरिनस्थित कार्फ जिना क्याम्पमा रहेको विद्रोही सैनिकलाई लक्षित गरी गरिएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । आफरिनमा रहेका टर्किस सेनालाई फिर्ता पठाउन दुई हप्ताअघि विद्रोही सेना त्यहाँ प्रवेश गरेका थिए । विद्रोही सेनाले त्यहाँबाट टर्किस सेनालाई हटाउन संघर्ष गर्दै आएका थिए ।

यसअघि पनि आफरिनमा कुर्दिस सेनाले गरेको हवाई हमलामा आठ जना टर्कीस सेना मारिएका थिए भने १३ जना घाइते भएका थिए ।
दुई पक्षबीच लगातार संघर्ष हुन थालेपछि आफरिनबाट धेरै सर्वसाधारण पलायन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed