Breaking News.... EverestOnlineKhabar
June 4, 2026

सरकारको प्रमुख प्राथमिकता मुलुकको विकास र समृद्धि : प्रचण्ड

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको विकास र सम्वृद्धि नै सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधान कार्यान्वय संगै मुलुकमा राजनीतिक स्थायीत्व कायम हुने आधार श्रृजना भएको उल्लेख गरे । बामगठवन्धनको सरकारले विकास र सम्वृद्धिको बाटोमा मुलुकलाई अघि बढाउने उनले बताए । केही गर्नुपर्छ भन्ने भावना हुँदा हुदै तत्कालिन राजनीतिक संक्रमणका कारण विकास निर्माणको विषयले प्राथमिकता पाउन नसकेको उनले बताए ।

अध्यक्ष दाहालले संविधान कार्यान्वयनको अत्यन्तै संवेदनशील पक्ष तीनै तहको निर्वाचन सम्पन्न भई सबै तहका सरकारले काम अगाडि बढाउने तयारी गरिसकेकाले अब विकास र सम्वृद्धि तर्फ मुलुक अघि बढ्ने सुनिश्चित आधार तयार भएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed