![]()
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना रेलिगेसन जोनको टोली लास पाल्माससँग १ – १ गोलको बराबरीमा रोकिएको छ ।
लास पाल्मासको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले अंक बाँडेको हो । पहिलो हाफको २१ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाए । तर, दोस्रो हाफको सुरुवातमै लास पाल्मास खेलमा फर्कियो । खेलको ४८ औं मिनेटमा जोनाथन काल्लेरीले पेनाल्टीमा गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल १ – १ गोलको बराबरीमा सकियो ।
यो बराबरीसँगै बार्सिलोनाले २६ खेलबाट ६६ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ५ अंकले अघि रहेको छ । लास पाल्मास २० अंक जोडेर लिगको पुछारबाट तेस्रो स्थानमा छ ।


