Breaking News.... EverestOnlineKhabar
June 4, 2026

एमाले र माओवादीद्वारा आफना सांसदहरुलाई संयुक्त प्रशिक्षण, बदनामीबाट जोगिन सांसदहरुलाई प्रधानमन्त्री ओलीको सुझाव

Loading

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले संयुक्तरुपमा आफना सांसदहरुलाई प्रशिक्षण दिएका छन ।

संसद भवन नयाँ बानेश्वरमा दुवै दलका सांसदहरुलाई प्रमुख नेताहरुले प्रशिक्षण र निर्देशन दिएका थिए । प्रशिक्षण कार्यक्रममा एमाले अध्यक्ष एवम प्रधानमन्त्री केपी ओलीले सांसदहरुलाई बदनामीबाट जोगिन सुझाव दिए । उनले भने,‘नखाने कुरा नखानुस, नजाने ठाउँमा नजानुस् र नगर्ने काम नर्गुस्। बुझ्नु भयो होला।’

स्वार्थका लागि सांसदहरुका अगाडि पछाडी धेरै अवसरवादीहरु लाग्ने गरेकोले तीनहरुबाट जोगिन प्रधानमन्त्री ओलीले सुझाव दिए ।
प्रशिक्षण कार्यक्रम मै प्रधानमन्त्री ओली न्यायालयमाथि समेत प्रहार गर्न भ्याए। ओलीले राष्ट्रिय सभामा मनोनित तीन जना सदस्यहरुको मामिलामा सर्वोच्च अदालतले चासो दिएकोप्रति आक्रामक रुपमा प्रस्तुत भए। प्रधानमन्त्रीले भने, ‘यो अदालतले इन्टरटेन गर्ने विषय नै होइन। राष्ट्रिय सभा सदस्यहरुको नियुक्ती राष्ट्रपतिले संविधान अनुसार नै गर्नु भएको छ।’

प्रधानमन्त्री ओलीले राजपाका नेता महेन्द्र राय यादवले शपथ ग्रहण गराउन लागेको भन्दै संसद सचिवालयमाथि प्रहार गरे।
‘भाई महेन्द्र राय यादवले हामीलाई शपथ ग्रहण गराउने भए।’ ओलीले भने,‘यो जन्म मितिको पनि बबाल रहेछ। न्यायालयमा पनि जन्म मितिको विवाद, सडकमा पनि जन्म मितिको विवाद अव संसदमा पनि जन्म मितिको विवाद। म एक्लै रहेछु एकै पटक जन्मिने।’

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसप्रति लक्षित गर्दै पनि प्रहार गरे। ‘देश लेस डेभेलोप कन्ट्रीमा परेको छ। ढुकुटी रित्तो छ।’ ओलीले भने, ‘हामीले देश विकासका लागि काम गर्दै छौं। उनीहरुले हामीलाई रोक्न खोज्दैछन।

निर्वाचन भएपछि दुई अढाई महिना पछि नयाँ सरकार बन्यो। उनीहरुले हामीलाई रोक्न खोजे तर रोक्न सकेनन। हामीले पनि बुझेका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed