Breaking News.... EverestOnlineKhabar
June 15, 2026

Loading

भारतमा कोरोना भाइरसको संक्रमण फैलदै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या ४० पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यस्तै थप ८३ जनामा संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुनेको संख्या १३ सय ३४ पुगेको छ । अहिलेसम्म उपचारपछि १ सय ४० जना निको भएर घर फर्किएको भारतीय स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको संक्रमण फैलदै गएपछि भारतले मार्च २५ तारिकदेखि तीन साताको लकडाउन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.