Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ चैत १५, काठमाडौं । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने्विरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान काठमाडौँबाट २१० लाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्ने १० महिलासहित उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले जानकारी दिए । सो क्रममा ७० मोटरसाइकल र पाँच चारपाङ्ग्रे गाडीलाई समेत नियन्त्रणमा लिइएको छ । स्वास्थ्यजस्तो गम्भीर विषयमा सरकारी आदेशको अवज्ञा गरेकालाई कडाइ थालेको प्रहरीले आज बिहान ८ बजेसम्मको समयमा उनीहरुलाई नियन्त्रणमा लिएको हो । सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि अनावश्यक रुपमा पैदल हिँड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको थियो ।
“पहिलो, दोस्रो दिनमा जानकारी भएन भन्ने कुरा हुनसक्थ्यो, अहिले सबैले थाहा पाएर पनि बेवास्ता गरेको पाइयो, अब कुनै सम्झौता हुन्न, अत्यावश्यकबाहेक हिँड्ने र सवारी चलाउने छुट छैन, प्रहरीले पक्राउ गर्र्छ”, डिआइजी पोखरेलले भने । पोखरेलले थपे, “दिनदिनै जोखिम रहेको र एउटाको लापरवाहीले आम समुदायलाई नै असर गर्ने भएकाले अब प्रहरी यसमा निर्ममरूपमा अघि बढ्छ, कोही पनि बाहिर ननिस्किनुस् ।” विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म अत्यावश्यकबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed