Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ चैत १३, मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । मुख्यमन्त्री राईले बुधबार बेलुकीे भिडियो सन्देश सार्वजनिक गर्दै विश्वव्यापी महामारी बनेको कोरोना भाइरससँग जुध्न प्रदेश सरकारले २३ बुँदे कार्ययोजनाका साथ काम गरिरहेको बताए । उनले नागरिकको स्वास्थ्य र उपचारको सुनिश्चितता सरकारले दिने भन्दै लकडाउन र सरकारले सावधानीका लागि आह्वान गरेकाले यसलाई गम्भीरताका साथ पालना गर्न सबैसँग आग्रह गरे ।

कोरोनाविरुद्ध प्रदेश सरकारले सबै निकायसँगको समन्वय र सहकार्यमा चौबीसै घण्टा काम गरिरहेको बताए । प्रदेशका विभिन्न ४४ स्थानमा ९८९ शै्यया क्वारेन्टाइन निर्माण गरिएको जानकारी दिँदै मुख्यमन्त्री राईले उक्त निर्माण भएका क्वारेन्टाइनमा भारतीय नाका र अन्य नाकाबाट प्रवेश गरेका नेपाली नागरिकलाई निगरानीका लागि राखिएको स्पष्ट पारे । प्रदेशबाट कोभिड–१९ को सङ्क्रमणको आशङ्कामा १९ जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएकामा सबैजनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री राईले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed