Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

२०७७ बैशाख १२, सिरहा । छिमेकी जिल्ला उदयपुरको भुल्केमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द गरिएको छ । उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेकाले तत्काल आवतजावत रोक्न सिरहाका स्थानीयवासीको माग गरेपछि उदयपुर जिल्लासँग सीमा जोडिएका नाका बन्द गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईँले जानकारी दिए ।

उदयपुरको विभिन्न स्थानबाट सर्वसाधारण लहान आउने र लहानबाट उदयपुरतर्फ आवतजावत भइरहेकाले सिरहा जिल्ला पनि उच्च जोखिममा रहेको भन्दै नागरिक समाजका अगुवाहरुले स्थानीय प्रशासनसँग तत्काल उदयपुरतर्फबाट हुने आवागमन रोक्नुपर्ने माग गरेका थिए । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्केमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेपछि उदयपुरसँगै जोडिएको सिरहामा त्रास बढेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed