![]()
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार भन्दा बढी भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको बुधबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या ११ हजार ४३९ पुगेको छ । भारतमा अहिलेसम्म कोभिड–१९ बाट ३७७ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा सबैभन्दा बढी २६ सय ८७ जना संक्रमित भएका छन् । सो राज्यमा अहिलेसम्म १७८ जनाको मृत्यु भएको छ । यस्तै दिल्लीमा अहिलेसम्म १५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ३० जनाको मृत्यु भइसकेको छ ।


