Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस १६, काठमाडौं । काठमाडौंको केलटोल मासंगल्ली क्षेत्रमा आगलागी हुँदा नियन्त्रण गर्ने उद्देश्यले ३०० घरलाई सहयोग पुग्ने गरी पाइपलाइन जडान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी र काठमाडौँ महानगरपालिका–२५ ले संयुक्तरुपमा समय समयमा हुने गरेको आगलागीको विपद् व्यवस्थापनका लागि पाइप जडान गरेका हुन् । रेडक्रसले उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमअन्तर्गत रु पाँच लाख सहयोग गरेको महानगरपालिका २५ नं वडाका अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

पाइप लाइन बिच्छ्याउन वडाले रु दुई लाख, टोलका अन्य संस्था एवं उपभोक्ताबाट रु एक लाख ४० हजार ६०० गरी कूल रु नौ लाख ४० हजार ६०० को लागतमा काम सम्पन्न भएको हो । यस योजनाले ३०० परिवारलाई आगलागीबाट सुरक्षित गर्नेछ । वडा क्षेत्रका गल्लीमा धेरै कपडाका पसल रहेकाले एक ठाउँमा आगलागी भए गल्लीमा असरल्ल छोडिएको तारका माध्यमबाट सहजै धेरैतिर फैलने गरेको छ । गल्लीमा अस्तव्यस्त रहेको तारले पनि आगलागीलाई थप फैलाउने गरेको केल मासंगल्ली उपभोक्ता समितिका अध्यक्ष पुष्परत्न महर्जनले बताउनुभयो । पाइपलाइन जडानसँगै अव्यवस्थित तारलाई पनि व्यवस्थित गरिने उनले सुनाए ।

साना गल्ली भएकाले यहाँ दमकल छिर्न सक्दैन । दमकल छिर्न नसक्ने भएकैले विपद् व्यवस्थापनमा काम गरेको रेडक्रससँग सहकार्य गरी पाइप लाइन जडान गरिएको वडाध्यक्ष शाक्यले सुनाए। यसको प्रारम्भिक परीक्षण पुस २६ गते गरिने जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed