Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अमेरिकाको मेरिल्याण्डस्थित एक पत्रिकाको कार्यालयमा गोली चल्योः५ जनाको मृत्यु

Loading

एजेन्सी,असार ।
अमेरिकाको मेरिल्याण्डस्थित एक पत्रिकाको कार्यालयमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । केही घाइते छन् ।क्यापिटल ग्याजेटको समाचार कक्षभित्र छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् । गोली लागेर पाँच जनाको मृत्यु भएको र अरु केही घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पत्रिकामाथि नै लक्षित गरेर आक्रमण भएको जनाएको छ, जसलाई यसअघि सामाजिक सञ्जालमार्फत आक्रमणको धम्की आएको थियो । संदिग्ध आक्रमणकारी पक्राउ परिसकेको त्यहाँको प्रहरीले जनाएको छ । तर परिचय भने खुलाइएको छैन । आक्रमण गर्नुको कारण छिट्टै पत्ता लाग्ने प्रहरी अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed