Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रधानमन्त्री ओलीबाट संघीयता खतरामा : गगन थापा (भिडियोसहित)

Loading

काठमाडौं  । प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले विनियोजित बजेट स्थानीय निकाय र संघीयता विरोधी रहेको भन्दै फेल गराउन आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै थापाले विनियोजित बजेट अपूर्ण रहेको र ठीक नभएको भन्दै फेल गराउन आग्रह गरे।

थापाले प्रधानमन्त्री केपी शर्मा ओली चित्रबहादुर केशी भन्दा पनि बढी संघीयता विरोधी रहेको आरोप लगाए।  ‘यो बजेट प्रदेश र स्थानीय निकायमा काम लाग्दैन। यो संसद संघीयताको विरोधी बजेट देखिएको छ। केन्द्र सरकारको षड्यन्त्रलाई स्थानीय र प्रदेश सरकारले बुझ्ने छ,’ थापाले भने।

उनले अघि भने, ‘ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले संघीयता गलत छ भन्न पाउनुहुन्छ । तर सम्माननीय प्रधानमन्त्रीले भन्न पाउनुहुन्न । प्रधानमन्त्रीले यसका खिलाफमा उत्रन पाउनुहुन्न । त्यसैले आज प्रधानमन्त्रत्रीज्यू सिंगो सरकार, र पार्टी संघीयता चल्दैन र काम लाग्दैन भनेर उभिदै गर्दा संसदलाई साक्षी राख्न खोजिएको हो भने क्षमा गर्नुहोला, यो संसद संघीयता र संविधानविरोधी यो कृत्यको साक्षी बस्न सक्दैन । प्रतिरोध हुन्छ । संघीयता र संविधानको रक्षा गर्न संसद प्रतिवद्ध छ । सरकार र सत्तारुढ दल संघीयताको खिलाफमा उत्रिएपनि हामी प्रतिरोध गर्छौ ।’

विनियोजित बजेटमाथि संसदमा छलफल जारी रहँदा सांसद खगराज अधिकारीले सार्वजनिक महत्वको विषय दर्ता गराएका छन्। सत्ता पक्षबाट यस्तो प्रस्ताव दर्ता भएपछि प्रतिपक्षी दलका सांसदहरु आक्रोसित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed