![]()
एजेन्सी । विश्वकप फुटबलको समूह ‘जि’ को खेलमा इंग्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि नै यी दुई टिम नकआउट चरणमा पुगे पनि खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
बेल्जियम र इंग्ल्यान्डको खेल कलिनिनग्राड रंगशालामा नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटमा सुरु हुँदैछ । समूह ‘जि’ बाट यसअघि नै बेल्जियम र इंग्ल्यान्डले समान लगातार २–२ खेलमा जित हात पार्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका हुन् । समूह ‘जि’ को विजेता बन्ने होडमा दुबै टिम रहेका छन् ।
इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा ट्युनिसियालाई २–१ गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, आफ्नो दोस्रो खेलमा पानामालाई ६–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको नकआउट चरणमा इंग्ल्यान्ड पुगेको थियो । यता, बेल्जियम पनि आफ्नो पहिलो खेलमा पानामालाई ३–० गोलअन्तरले पराजित गरेको थियो भने आफ्नो दोस्रो खेलमा ट्युनिसियालाई ५–२ गोलअन्तरले पराजित गरेको थियो ।
विजेता बन्ने टिम समूह विजेता बन्दै नकआउट चरणमा पुग्ने छ भने पराजित हुने टिम पनि उपविजेता बन्दै नकआउट चरणमा पुग्नेछ ।


